विप्लव माओवादीद्वारा उत्तर पोखरामा चक्काजाम
पाेखरा | पुस ५, २०७९
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षडयन्त्र विरुद्ध आन्दोलनरत छ ।
पुस १ गतेदेखि सुरु गरेको देशव्यापी विरोधअन्तरगत नेकपा कास्कीले आज पोखराको उत्तरी क्षेत्रमा पर्ने पोखरा–बाग्लुङ राजमार्गमा चक्काजाम गरेको छ । नेकपाले उक्त राजमार्गअन्तरगत याम्दीपुलमा बिहान १० बजेदेखि १ घण्टा चक्काजाम गरेको कास्की सेक्रेटरी काजी गुरुङले जनाए ।
चक्काजामको निर्धारित समय सकिन लाग्दा नेपाल प्रहरी पुगेपनि कुनै बल प्रयोग र धरपकड नभएको भन्दै उनले शान्तिपूर्णरुपमा कार्यक्रम सफल भएको जानकारी दिए ।
आन्दोलनअन्तरगत हिजो साँझ अमरसिंह क्षेत्रमा मशाल जलुुस निकालेको थियो भने अघिल्लो दिनमा नगरक्षेत्रमा प्रदर्शन गरेको थियो ।
आन्दोलनका निर्धारित कार्यक्रम सकिएपछि आगामी दिनमा हुने कार्यक्रमबारे केन्द्रमा छलफल हुने सेक्रेटरी गुरुङ्ले जनाए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

